
पूर्णपुष्टि, भदौ १३
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका–३ धनकुटाका ६४ बर्षीय कर्ण बहादुर राई रहेका छन् ।
हिजो अपरान्ह ३ बजे बिरानगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको राईलाई संकालागि चेक जाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ४ लाख ५१ हजार ९ सय बरामद भएको हो । पक्राउ परेका राईको आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ प्रहरीले जनाएको छ ।
