
पूर्णपुष्टि, जेठ ५ गते ।
उदयपुरका कोरोना संक्रमित एक संचारकर्मीसँगै कोठामा भान्सा रहेको एक युवाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको बुझिएको छ ।
गत जेठ २ गते उदयपुरमा एक संचारकर्मीमा कोरोना पुष्टि भएपछि उनीसँगै भान्सा रहेका एक युवाको ३ गते स्वाव नुमना लिई विराटनरको प्रदेश प्रयोगशालामा पठाईएको थियो । सो रिपोर्ट आज नेगेटिभ आएको बुझिएको हो ।
उनीसँगै वस्ने अर्का एक युवा संक्रमितसँगै परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको छ । हाल उनी होम क्वारेन्टाईनमा छन् । संक्रमित संचारकर्मी वस्ने घर र छेउछाउका घरहरुमा आउजाउ, भेटघाटको आधारमा छिमेकीहरुको पनि स्वव संकलन गरि परिक्षण गरेकोमा उनीहरुको रिपार्ट नेगेटिभ आएको बुझिएको छ ।
साथै जिल्ला स्थित नागरिक समाज, आधिकारकर्मीहरुको पनि स्वाव रिपोर्ट नेगेटिभ आएको छ । ३ गते स्वास्थ्य कार्यालयले संक्रमित संचारकर्मीको सम्पर्कमा आएका र अन्य गरी २८ जनाको स्वाव संकलन गरी परिक्षणको लागी पठाएकोमा २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अव ३ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।
संक्रमित संचारकर्मीको सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाव लिई परिक्षण हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
