Wednesday, June 3News That Matters

संखुवासभा बस दुर्घटना : मृत्यु र घाइते सबैको सनाखत

पूर्णपुष्टि, फागुन २६ ।
संखुवासभामा दुर्घटनामा मृत्यु भएको १४ जना र घाइते भएका ५ जनाको सनाखत भएको छ । जिल्लाको मादी नगरपालिका–६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदाँ चालकसहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने ५ घाईते भएका थिए । विहिबार बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदँै गरेको बा.४ ख ७३५ नम्बरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३ सय मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरबाट थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान घोपा पठाईएको छ । मृत्यु भएकाहरुको शव भने प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरकै शव गृहमा राखिएको छ ।
घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीसहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको थियो ।
प्रहरीको पछिल्ललो जानकारीका अनुसार मृत्यु १४ जना र घाइते ५ जना सबैको सनाखत भएको छ । संखुवासभा मादी नगरपालिका –६ कि ३० वर्षीया सिता बि.क., ३२ वर्षीया अञ्जना कटुवाल, ५ बर्षीया दिक्षा कटवाल, मादी नगरपालिका–५ का ४९ वर्षीय भवानी प्र. दाहाल,४. मादी नगरपालिका–२ का ४२ वर्षीय ईन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, मादी नगरपालिका–४ का ६० वर्षीय बल बहादुर कार्की, मादी नगरपालिका–४ कि २८ वर्षीया सबिता कार्की, मादी नगरपालिका–५ का ४८ वर्षीय दिपक कुमार दाहाल, मादी नगरपालिका–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी नगरपालिका–४ का आईत बहादुर तामाङ, ताप्लेजुङका ३१ वर्षीया समिक्षा योञ्जन, ताप्लेजुङका ८ वर्षीय सुदिप घिसिङको पनि सनाखत भएको छ । मादी नगरपालिका–५ का उमेश भट्टराई ( सहचालक) तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौला (चालक)को पनि सोही दुर्घटनामा ज्यान गएको हो ।
घाइते ५ जना संखुवासभा मादी नगरपालिका–६ का ५० वर्षीय डम्बर बहादुर कार्की,मादी नगरपालिका –४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ,मादी नगरपालिका–६ का २२ बर्षीया तुलसा कटुवाल,मादी नगरपालिका –४ का २४ वर्षीय सुवास तामाङ ,मादी नगरपालिका–५ कि २७ वर्षीया युका पोखरेल गम्भिर रहेको प्रदेश १ नम्बर प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।