Monday, April 20News That Matters

संखुवासभा सामुहिक हत्याका मुख्य योजनाकार सहित ३ जना पक्राउ

पूर्णपुष्टि, असोज ४
संखुवासभामा भएको सामुहिक हत्या काण्डका मुख्य योजनकारलाई प्रहरीले पक्राउ गरेको छ । हत्या काण्डको मुख्य योजनाकार लाल बहादुर कार्कीका छोरा ४७ बर्षिय खड्ग बहादुर कार्की सँगै अन्य तिन जनालाई प्रहरीले सोमवार सार्वजानिक गरेको छ । अन्य तिन जना खड्ग बहादुरकै २८ बर्षिय छोरा हस्त बहादुर कार्की, लाल बहादुर कार्कीको छोरा ३९ बर्षिय रण बहादुर कार्की र रण बहादुर कार्कीको छोरा १७ बर्षिय रोशन कार्की रहेको छ । यस अघिनै लोक बहादुर कार्कीलाई भने प्रहरीले सार्वजानिक गरिसकेको छ ।
संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका छन् । यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न भई ५ जनाको समूहले उक्त घटना घटाएको प्रहरीले दाबी गरेको छ । तेजबहादुर कार्की, कमला कार्की र रञ्जना कार्कीको हत्या गरिसकेपछि आरोपीहरूले दुई नाबालकको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रत्यक्ष घटना देखेका कारण ५ वर्षीय गोमा कार्की र ८ वर्षीय दिपेन कार्कीको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । ’उक्त घटनाको बेला मृतक नावालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखी हस्त हादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको खुलेको छ,’ प्रहरीले भनेको छ ।