Wednesday, June 3News That Matters

संखुवासभामा वस दुर्घटना : दश जनाको मृत्यु, थप विवरण आउन वाँकी, उद्धारकार्य जारी

पूर्णपुष्टि, फागुन २५
संखुवासभा बाट दमकका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परी करिब १० जनाको ज्यान गएको धनकुटा प्रहरीले जनाएको छ । बिहिबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा उक्त बस दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृ,त्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।घटनास्थलमा उद्धारकार्य जारी रहेको र अन्य विवरणहरु आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।