Tuesday, June 9News That Matters

संगीतकार रोहित शाक्य र गायिका त्रिशला गुरुङले गरे बिहे

पूर्णपुष्टि,फागुन ५ । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग बिहे गरेकी छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्।

पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि निकै चर्चाको विषय बनेको थियो । उनले आफ्नो सामाजिक संञ्जाल इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्,मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु ।