
पूर्णपुष्टि, माघ २४
उदयपुर गाइघाटमा ट्रेड युनियन कांग्रेस, उदयपुरले संसद बिघटनको शनिवार चर्को बिरोध गरेको छ । नेकपा अाेली सरकारले ५ बर्षसम्मको जनताको चाहानालाई ३ बर्षमै अन्त्य पारेको भन्दै यसलाई पुन ः जिवित बनाउन माग सहित बिरोध प्रदर्शन गरेको हो ।
देशव्यापी रुपमा रहेको बिरोध प्रदर्शनमा उदयपुरमा पनि बिभिन्न पार्टी आवद्ध १५ ओटा भन्दा बढी भातृ संगठनहरुले गाईघाटमा बिरोध र्याली गरे ।
उनिहरुले यसलाई असंवैधानिक भनेका छन् । यस कदमले नेकपा सरकार जनताहरुको विश्वास बाट हटिसकेको समेत बताए ।

