Sunday, June 28News That Matters

सट्टेबाजी गर्ने ७ जना पक्राउ

पूर्णपुष्टि, असोज २६ 

काठमाण्डौँबाट यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जना पक्राउ परेका छन् ।
भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ र विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

आइतबार पक्राउ परेका शारणको बयानका आधारमा सट्टेबाजीमा संलग्न भारतकै सञ्जिव शारण, अजय गौतम, नवीन जैन, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वरको उत्तम सापकोटा र सोल्टीमोडका कुमार बमसललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।