
पूर्णपुष्टि, बैशाख २३
वुटवलमा एक व्यक्तिले सडकमै ३ दिन छटपटिएर ज्यान गुमायो । बुटवल उपमहानगरपालिका–९ इँटाभट्टीस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कम्पाउन्ड वालबाहिर सडकछेउमा तीन दिनसम्म ती व्यक्तिले छटपटाएर प्राण त्यागेका हुन् ।
हस्पिटलकै बाहिर ति पुरुष छटपटि रहेको अवस्थामा हस्पिटलले पनि कुनै चासो राखेना । जब ति व्यक्तिको सास गयो तब हस्पिटलले गेट खोल्यो । मंगलबार बिहान र रातभरि बुटवलमा पानी परिरहेको थियो । उनी पानी पर्दा पनि सडकमै पल्टिरहेका थिए ।
२०७६ पुस ५ गते तामझामका साथ बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त उपमहानगर घोषणा गरियो । ’सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छाना’ भन्ने नाराका साथ सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको बुटवलको सडकमा तीन दिनसम्म छट्पटाउँदै एक व्यक्तिले ज्यान गुमाएका छन् ।
यो घटनालाई हेर्दा मानवता गुमाएका ठाउँमा उनको मृत्यु भएको हो भनेर बुझ्न कुनै समस्या छैन् । बुटवल उपमाहानगरपालिकाले बनाएको मानवमुक्त सडकको आज नाराको अन्त्यनै भएको छ ।
त्यो नारालाई सदुपयोग गरिएको थियो भने आज ति पुरुषको ज्यान बाच्थ्योँ भने अर्को कुरा त्यो नारा बुटवल उपमाहानगरपालिकाको लागि निकै उपयोगि नाराको रुपमा सावित हुन्थ्यो । ३ दिन सम्म सडकमा छटपटिरहेका ति पुरुषलाई न स्थानीयले उद्धार गर्यो नत हस्पिटल नत उपमहानरपालिकाले निकै राम्रो कार्यक्रम रहेको त्यो नारा आज दुर्भाग्यवस एक व्यक्तिले छटपटिदँै मानवमुक्त सडकमा ज्यान गुमाए ।
अस्पतालको पछाडितर्फको कम्पाउन्ड वालबाहिर निर्माणाधीन सडक किनारमा पिपलको बोट छ । त्यही पिपलको बोटमूनि बुधबार बिहानै अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी को थिए, कहाँबाट आएर त्यहाँ बस्न पुगे स्थानीयले पनि पत्तो पाएनन् ।
सोमबारदेखि सडक किनारमै पल्टिएका उनको बुधबार बिहान स्थानीयले हेर्दा मृत्यु भइसकेको थियो । पहिचान नखुलेको भए पनि आफ्नो जीवनको अन्तिम समयमा उनी सडक मानवमुक्त घोषणा गरिएको बुटवलमा आएका थिए ।
घटनास्थलनजिकै घर भाडा लिएर बस्ने तारा घर्तीले अपरिचित भए पनि छटपटाइरहेको एक व्यक्तिको लागि तीन दिनसम्म वडा कार्यालय, प्रहरी, अस्पताल सबैलाई गुहार मागे पनि उद्धार गर्न नसकिएको बताए ।
’अलिअलि निल्न सक्ने बेलासम्म त दालको रस, बिस्कुट र पानी भए पनि लगेर खान दियौं, पछि त उठ्नै नसक्ने भए,’ घर्तीले भने ।
घर्तीले ९ नम्बर वडा कार्यालय, मानस सेवा आश्रम र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि पटक–पटक उद्धार गर्न गुहार मागे पनि कसैले वास्ता नगरेको बताए ।
’अस्पतालले बेड खाली छैन भन्यो, आफन्त कोही नभएको व्यक्तिलाई कसले जिम्मा लिन्छ भनेर लैजान मानेन,’ उनले भने ।
लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेको प्रहरी बिटका प्रहरी जवान सन्तोष भण्डारीले सोमबारदेखि नै अस्पतालमा लैजाने प्रयास गरे पनि नसकिएको बताए ।
अस्पतालको निकासतर्फको गेटमै पल्टिएका उनले जिवित छँदा भित्र प्रवेश नपाए पनि मृत्युपछि भने यही गेटबाट शवगृहमा स्थान पाएका छन् । बुधबार उनको शवलाई अस्पतालको शवगृहमा राखिएको भण्डारीले बताए ।
