
पूर्णपुष्टि, चैत्र २६ । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध मुद्धाको सुनुवाई आज हुने भएको छ । जिल्ला अदालत काठमाण्डौंले बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्धाको पेसी आज आईतबार तोकेको हो ।
अघिल्लो साता पालो नपाएको कारण मुद्धाको सुनुवाई हुन नसकेकोले तेस्रो प्राथमितामा राख्दै आजै सुनुवाई हुने सम्भावना रहेको छ । गोला प्रकियाबाट इजालस छानिएपछि मात्र इजालस निर्धारण गरिने छ । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।
