Tuesday, April 21News That Matters

सन्धिखर्कका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २७ गते । 

सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको नियमित कामकाज प्रभावित हुने भएका छन् ।

सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाव संकलन गरी परिक्षणको लागी पठाइने र पीसीआर रिपोर्ट नआउंदासम्म नगरपालिकामा १० दिनसम्म नियमित कामकाज रोकिने भएको हो ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ । पीसीआर रिपोर्ट नआउंदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने नगरले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

संक्रमित जनप्रतिनिधि होम क्वरेण्टीन र बाँकीलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको नगरले जनाएको छ ।