Thursday, April 30News That Matters

उदयपुर र सुनसरी सिमानाको शप्तकोशी नदीमा चादनी मोडेलको झोलुङगे पुल बन्ने

पूर्णपुटि, साउन ४ गते ।
प्रदेश नं १ , सरकारको समन्वय र स्विस सरकारको आर्थिक सहयोगमा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने रणनैतिक साझेदारी अन्तर्गत झोलुङगे पुल निर्माण हुने भएको छ । सुनसरी जÞिल्लाको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको लागत साझेदारीमा सो पुल निर्माण हुने भएको हो । साउन ३ गते बराहक्षेत्र नगरको कार्यलयमा १ नं. प्रदेस योजना आयोगका सदस्य नारायण कोईराला ,प्रदेस १,मन्त्रिपरिषद सचिव कृष्ण प्रसाद सापकोटा , स्विस सरकार प्रतिनिधी बिनोद उपाध्याय लगायत प्राविधीकहरु सहितको छलफलमा सप्तकोशीको सिसौलीघाट क्षेत्रमा झोलुड०गेपुल निर्माण गर्ने सहमति भएको हो ।
दुई जिल्ला उदयपुर र सुनसरीको दुई स्थानीय तहहरु बेलका नगर र बराहक्षेत्र नगर बिचमा रहेको सप्तकोशी नदीमा रणनीतिक साझेदारीमा सो पुल निर्माण हुने भएको हो ।महाकाली नदी पारीका दुई नेपाली गा‘उ चा‘दनी र दोधरा जोड्ने पुलको मोडेलमा सप्तकोशी नदीमा पुल बन्ने प्रदेश सरकारका प्राविधीक तथा खÞरीद बिज्ञ मंकेश्वर ठाकुरले जानकारी गराए ।


छलफलमा बेलका नगरका मेयर अशोक कार्कीले स्थानीय उत्पादनको बजार पहुँचसंगै पर्यटन बिकासमा अब बन्ने पुल कोशेढुङगा साबित हुने बताए।त्यसैगरी बराहक्षेत्रका मेयर रमेश कार्कीले पुलले स्थानीय दुई पालिकाको सम्बन्ध अझ बढी प्रगाढ बन्ने संगै स्थानीय जनताहरुले जोखिमको यात्रा सधैका लागि बन्द हुने बताए । छलफलमा दुई पालिकाले सहमति जनाए लगत्तै प्रदेश सरकारले १५ दिन भित्र डिपिआर तयार गरीहाल्ने सचिव सापकोटाले बताए । पुल निर्माण मा प्रदेश सहयोग कार्यक्रम मार्फत कुल लागतको २० प्रतिसत ,त्यसै गरी स्विस सरकारको झोलुड०गेपुल सहयोग शाखा ट्रेल ब्रिज सपोर्ट अन्तर्गत आर्थिक सहयोग र स्थानिय दुई पालिकाको लागत साधेदारीमा पुल निर्माण हुनेछ । छलफल पछि टोलीले पुल निर्माण गरिने सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।हाल सो क्षेत्रका वासिन्दा सप्तकोशी नदी वारपारका लागि काठको डुड०गा प्रयोग गर्ने गर्छन ।
पुल बनेपछि बेलका नगरको वडा नं २,३, ८ र ९ का सिसौली, कोशीटप्पु , चन्द्रपुर , रामनगर,श्रीलंका टप्पु संगै बराहक्षेत्र नगरका वडा नं ६ का ठाकुरवारी ,प्रकाशपुर लगायतका वडाहरुमा आवगमन सहज भई करिव १० हजार नागरिक लाभान्वित हुने बताईएको छ ।