
पूर्णपुष्टि, जेष्ठ १६ । उदयपुरको बेलका नगरपालिका ७ सोमबारे स्थित सप्तकोशी नदिमा हामफाल्न खोज्ने एक महिलाको उद्धार गरिएको छ ।
सोमबार बेलुका साँढे ४ बजेको समयमा नदिमा हाम फाल्न खोज्ने नाम थर नखुलेकी अन्दाजी ६५–६६ बर्षीय एक महिलाको स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरीएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
उद्धार गरिएको ती महिलालाई बेलका नगरपालकाको कार्यालय रामपुर (सेफ हाउस) मा राखिएको प्रहरीले जनाएको छ । गोरी बर्णको उचाई अन्दाजी ५ फिट, माथि बाहुला वाले चोलो, रातो निलो लुङ्गि, नाकमा बुलाकी, हातमा घडी, खुट्टमा हाप कोठे जुत्ता र रातो निलो कोठे बुनेको झोला भिरेकी महिला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धरान बाट आएको भन्ने ती महिलाले बान्तावा र नेपाली दुवै भाषा बोल्न सक्नेछन् । महिलालाई चिन्नुहुने जो कोहीले उनका आफन्तलाई जानकारी गराई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको मोवाईल नं ९८५२८९००४३ मा सम्पर्क गरिदिनहुन अनुरोध गरिएको छ ।
