
पूर्णपुष्टि, भदौ १४
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–२ तेतरीगाछी निवासी ६५ बर्षीया महिलाको गतराति गजेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गत शुक्रवार अस्पताल भर्ना भएकी महिलाको हिजो बेलुकी मात्र कोरोना संक्रमण पुष्टिको अस्पतालले जनाएको छ । स्वाव परिक्षणको रिपोर्ट हिजो आएको थियोे ।
योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।
