
पूर्णपुष्टि, असार ११
आज विहान सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २६ वर्षीय वेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चट्याङ लागेर १८ वर्षीया आसा मण्डल घाइते भएकी छिन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको जिप्रका सप्तरीले जनाएको छ ।
