
पूर्णपुष्टि,चैत्र २६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–६ खामगडामा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीय छठु महतो रहेका छन् । गत पुस ११ गते घरायसी विवादका कारण बोदेबर्साइन नगरपालिका–७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोको कुटपिटबाट ससुरा छठु गम्भीर घाइते भएका थिए ।
कुटपिटबाट महतोको नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको उनको स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको हो ।
कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा छन् ।
