
पूर्णपुष्टि, साउन १२ । सप्तरीमा एक युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको छ ।
मण्डलको शव तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हिलोमा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार अर्का युवक अजय मण्डल पनि घाईते अवस्थामा फेला परेका छन् ।
‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् ‘प्रवक्ता सिंहले भने’ घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन । आज बिहान ६ बजेतिर मण्डलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
