
मिलन परियार
गाईघाट भाद्र ३० गते
जाल्पा एकिकृत विकास समाज नेपालले आफ्नो ३३ जना कर्मचारीलाई सोमवार अभिनन्दन गरेको छ । संस्थाले दिएको जिम्मेवारी सफलता पूर्वक इमान्दारीसाथ समयमै सकाएको भन्दै आफ्नो ३३ कर्मचारीहरुलाई प्रशंसा पत्र र खादा सहित अभिनन्दन गरेको हो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा सन २०१८ देखी २०२० सम्म संन्चालन गरिएको बाल प्रायोजन , शिक्षा , पालो , नेपाल बिपत जोखिम न्यूनीकरण , बाढी पुनर्लाभ र नेपाल कभर परियोजनामा कार्यरत ३३ जना कर्मचारी हरुलाई दिइएको जिम्मेवारी सम्पन्न गर्ने सबै कर्मचारीहरुलाई अभिनन्दन गरेको हो ।
संस्थाको जिम्मेवारी पुरागरी समाजिक कार्यमा महत्वपूणर् योगदान पुराएको र संस्थामा यसको ठुलो योगदान रहने भन्दै संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले प्रंशसा र धन्यवाद व्यक्त गर्नुभयो ।
आफ्नो समय अवधि कार्यकालमा संघर्षपूणर् जिम्मेवारी पुरा गर्ने सबैलाई जाल्पा एकीकृत बिकास समाज उदयपुरको कार्यसमितिले एक कार्यक्रम आयोजना गरि कर्मचारी लाई खादा र प्रसंसा पत्र ले सम्मान गरेको संस्थाका अध्यक्ष पुस्पराज पोखरेल बताउनुभयो ।कार्यक्रम मा वोर्ल्ड भजिन ईन्टरनेसनल नेपाल का बाल प्रायोजन फल्डि संयोजक आनन्द खड्का र फल्डि शक्षिा संयोजक अजय कुमार साह को उपस्थति रहेको थयिो ।
