
सुनसरी, चैत्र ३
सुनसरी धरानमा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । धरान –५ देउरालीका ३५ बर्षीय किशोर बिकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको हो ।
सोमबार राती ८ बजे धरान –१५ श्यामचौंक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिदा घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
