Friday, May 15News That Matters

सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी

पूर्णपुष्टि, कात्तिक २४ गते 

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सबै मान्छेलाई उद्योगी बनाउने हैन, भएका उद्योगलाई राम्रो बनाई धेरैका लागि रोजगारी सिर्जना गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा आइतबार गाईघाट स्थित आफ्नै कार्यालयमा उद्यम, उद्यमी र उद्योगको बारेमा छलफल तथा अन्तरक्रियामा  अध्यक्ष रेग्मीले उक्त कुरा बताउनुभएको हो । सरकार वा सरोकारवाला निकायले सबै मानिसलाई उद्योगी बनाउने धारणा र नारा बनाउदै भाषण गरिहिडेकाले समस्या आएको भन्दै यसलाई सुधार गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । सबै मानिस उद्योगी कुनै पनि देशमा नरहेको र त्यो सम्भव पनि नरहेको भन्दै भएका उद्योगलाई राम्रो बनाई त्यसमा रोजगारीको वातावरण सिर्जना गर्नु महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उदाहरण पेश गर्दै उदयपुरमा दुईसय उद्योगहरु भए त्यसैलाई राम्रो बनाई धेरै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

लघु घरेलु तथा साना उद्योगीहरुको विकास र प्रवद्र्धनको अभियानलाई प्रभावकारी बनाउने बारेमा विशेष छलफल तथा अन्तरक्रिया भएको थियो । महासंघको केन्द्रिय महासचिव डम्बरप्रसाद रेग्मीसहितको केन्द्रिय टोलीसंग जिल्ला अगुवा उद्यमी, उद्योगीहरुको सहभागितामा छलफल भएको हो ।

स्थानीय सरकारले लघु तथा साना उद्योगको क्षेत्रमा काम गर्ने कुरालाई विशेष प्राथमिकता दिनुपर्ने र सोही अनुरुप महासंघले सरकारसंग सम्बन्ध अगाढि बढाएको जानकारी उहाँले दिनुभयो ।

स्थानीय उत्पादन बजारीकरणको निम्ति कोशेली घर प्रभावकारी रहेको भन्दै त्यसलाई व्यवसायीमुखी बनाउनै अगाडी लैजानुपर्ने र त्यसलाई स्थानीय, प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उद्यमी, उद्योगीहरुले पनि आप्mनो उत्पादनलाई गुणस्तरीय बनाउनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले सबैभन्दा पहिले आफ्ना  सदस्य उद्यमीहरुको काम र समस्या हलमा प्राथमिकता दिदै सबल उद्यम, सफल उद्यमी, उद्योगी बन्दै जानुपर्ने र अरुलाई पनि सहयोग गर्न सकिने विचार उहाँले ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय उत्पादनका लागि स्थानीय कच्चापदार्थकै प्रयोग भन्ने विषय सान्दर्भिकरुपमा उठाइएको थियो । चुनौतीको रुपमा प्रविधि, दक्ष जनशक्ति, बजारीकरण, कच्चा पदार्थ, वित्तिय पहुँच जस्ता कुराहरु रहेको र त्यसको समाधानमा ठोस पहल गरिनुपर्ने माग उद्यमीहरुले राखेका थिए ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले वितरण गर्ने प्रविधि हस्तान्तरण गुणस्तरहिन र वास्तविक उद्यमी भन्दा बाहिरकोलाई बढि दिने गरेको गुनासो पनि सहभागिहरुले गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको प्रमुख पाक्रम खाँ चौधरी, महासंघ केन्द्रका लगानी प्रवद्र्धन समितिका हरिभक्त शर्मा, पूर्व केन्द्रिय प्रतिनिधि टिका गौतम, महासंघ केन्द्रिय महिला विभागकी सदस्य विना राई, महासंघ जिल्ला पूर्व अध्यक्ष ज्ञानबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई लगायतको पनि उपस्थिति थियो ।