Saturday, May 16News That Matters

समता स्कुल गाईघाटमा साकेला नाच सहित उद्यौली पर्वको शुभकामना आदान प्रदान

पूर्णपुष्टि, ८ पुष ।
समता स्कुल गाईघाटले साकेलका नाच सहित उद्यौली पर्वको शुभकामना आदान प्रदान गरेको छ । आईतबार स्कुलले एक कार्यक्रमको आयोजा सँगै शिक्षक विद्यार्थीहरुबीच शुभकामना आदान प्रदान गरेको हो । राई समुदायहरुको उद्यौली पर्व यहि पुष १० गते मनाईदैछ । सोही अवसरमा सबैखाले पर्वहरुको सम्मान गर्दै स्कुलले उद्यौलीको साकेला नाच सहित पर्वलाई मनाएको हो । पर्वमा विद्यार्थी र शिक्षकहरु किराती भेषमा सजिएका थिए ।

स्कुलका प्रिन्सिपल लक्ष्मी राईले नजिकिएको पर्व उद्यौलीलाई स्वागत स्वरुप आईतबारनै विद्यालयमा साकेला नाचेर कार्यक्रम गरिएको जनाईन् । राईले नेपालको महत्वपूर्ण समुदायहरुको संस्कार संस्कृति र पर्वलाई विद्यालयले सम्मान स्वरुप मनाउने र शुभकामना प्रदान समेत गर्दै आएको जनाईन् । बिद्यालयमै यस्ता खाले पर्व बिषेश कार्यक्रमहरुले नेपालीहरुको पर्वलाई थप महत्व राख्ने बिश्वास गरिएको छ भने शिक्षक र विद्यार्थीहरुमा चाँडपर्वको शिक्षामा बृद्धि हुने भनिएको छ । विद्यालयमा किरात समुदायहरु बाहेक सबै जातजातिका विद्यार्थीहरुले साकेला नाचेर पर्वलाई मनाएका थिए । गाईघााटमा पुष १० गते साकेला नाच पुजा आजा सहित भव्य उद्यौली पर्व मनाईदैँछ । सोही अवसरमा साकेला सिली पनि प्रशिक्षण गराईने भएको छ । साकेला सँगै इसाइ धर्मलम्वीहरुको क्रिसम डे को पनि शुभकामना आदान प्रदान गरिएको छ । क्रिसमसमा पनि नृत्यु, भजन, र प्रार्थना लगायतका कार्यक्रमहरु राखिएका थिए ।