
पूर्णपुष्टि, असार ९
जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा निर्वाचित गौर बहादुर विश्वकर्माले सपथग्रहण गरेका छन् । जिल्ला अदालतको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिस दिपक खनालले सपथग्रहण गराउनुभएको थियो । सपथग्रहण पछि सम्बोधन गर्दै प्रमुख विश्वकर्माले तिनतहका सरकारबीच आफुले प्रभावकारी समन्वय गर्ने बताउनुभएको थियो ।
