Thursday, June 18News That Matters

समन्वय समितिको कार्याकाल सकिए लगत्तै पुरानो पेशा टेलरिङमै फर्किए जितेन्द्रमान

पूर्णपुष्टि, असार २०

सार्वजानिक पद सम्हालेर कार्यकाल सकिए पछि दाङका जितेन्द्रमान नेपाली आफ्नै पुरानो काममा फर्किएका छन् । उनि आफ्नै पुरानो र पद भन्दा साधारण पेशामा फर्किए सँगै उदाहरणीय व्यक्तिको रुपमा समेत परिचित बनेका छन् । उनि २०७४ सालमा अघि जिल्ला समन्वय समिति दाङका प्रमुख बनेका थिए । नेपाली नेकपा एमाले बाट दाङका समन्वय प्रमुखमा निर्वाचित बनी ५ बर्ष पद सम्हालेका व्यक्ति हुन् । अहिले आफ्नो कार्याकाल पुरा गरी पुरानै पेशामा आवद्ध बनेका छन् । काममा फर्किए सँगै जितेन्द्र फरक मात्रै हैन उदाहरणीय व्यक्ति समेत बनेका छन् । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त मानिसहरु श्रममा फर्किन रुचाउँदैनन् । तर उनि यसै कारण फरक भइदिए ।

जितेन्द्रमान एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । तर राजनीतिसँगै टेलरिङ पेशालाई निरन्तरता दिएका छन् । राजनिति गरेर मात्र पेट भरिन्न कुनै एउटा आफ्नो श्रम हुनु पर्ने उनको धारणा छ । राजनितीमा लागेपछि मानिसहरु सोखिन हुने र श्रम नगरी पैसा कमाउने प्रविद्धी बढेको उनको बुझाई छ । जितेन्द्रले श्रम गर्दा आफुलाई लाज नभई गर्व लाग्ने समेत जनाए । श्रम गर्दा उनलाई ‘नेता जस्तो मान्छेले के काम गरेको’ भनेर खिसिटिउरी गर्नेहरु नभए थिए । तर उनले आफ्नो काम छाडेका छैनन् । उनले आफ्नो सफलतामा राजनितिको भन्दा श्रमको भुमिका बढी रहेको जनाए । जितेन्द्रले बिगतमा आफु धेरै जातिय बिभेदको पात्र बनेको समेत सुनाए । त्यो बेला जातिय बिभेदले जरा गाडेको थियो । समाजमा बस्न र हिड्न पनि अपराध गरे जस्तो बन्नु पर्ने समस्या थियो । जातिय बिभेदकै कारण आफुले कोट लगाएर बजार जाँदा समेत होचोहेला भएको उनी सम्झिन्छन् । दलित भएर के लगाएको भनेर होच्चाएकै कारण लामो समयसम्म कोट लगाएनन् । ‘ ‘प्रत्येक पाइलामा विभेद भोग्नु पर्थ्यो उनले भने ।