
पूर्णपुष्टि, असार १
चौदण्डीगढी नगरपालिका १० खैराहा खोलामा पुल नवन्दा सास्ती भोग्नु परेको छ । बर्षेनी आउने बर्षायामको बाढीले लामो तथा छोटो दुरी र त्यहाँका स्थानीयहरु सँधै सास्ती भोग्छन् ।
बैकल्पीक राजमर्गको रुपमा रहेको मदनभण्डारी सडक खण्डमै पर्ने उक्त खोलामा पुल ढिलाईका कारण यात्रुहरु सास्ती भोग्न बाध्य रहेको स्थानीयहरु बताउँ छन् । हिउँदमा पुलको वास्तै नगर्ने बर्खा भएपछि यात्रुहरु मारमा पर्ने यस्तो अवस्थालाई सम्बन्धीत निकायहरुले वास्तै नगरेको पाईन्छ ।

यहाँ बर्षाको समयमा यात्रुहरु वारीको वारी पारीको पारी मात्रै पर्दैनन् घण्टौ सम्म खोला सुक्ने पर्खाईमा पर्छन् । अझै टाढा बाट आउने यात्रुहरुत अलपत्रै पर्छन् । यति मात्रै हैन यस खोलाले कहिले मान्छे बगाउने, कहिले गाढी बगाउने र डुब्ने समस्याले समेत यात्रुहरु दिग्दार छन् ।
