
लिम्चुङबुङ भदौ, २८
उदयपुरको सदरमुकाम गाईघाट र खोटाङको हलेसीमा पर्ने पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी धाम सबै भन्दा छोटो दुरीमा जोड्ने सडक अन्तर्गतको सुनकोसीमा पूलको टेन्डर आह्वान आज भएको छ । लिम्चुङबुङ गाउँपालिकाले समुन्द्रदेखि सगरमाथासम्म जोड्ने सडकको नाम दिइएको ( गाईघाट– लिम्चुङबुङ– हलेसी सडक अन्तर्गत लिम्चुङबुङ १ बाँसबोटेको कुनाही र खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको गणेशटार जोडिने सुनकोसी पुलको टेन्डर आह्वान भएको हो । पूर्वाधार मन्त्रालय अन्तर्गत सडक बिभागको पुल माहाशाखाले आजको राजधानी दैनिकमा टेन्डर आह्वानको सूचना प्रकाशन गरेको छ ।

अध्यक्ष मेजर कुमार राईका अनुसार बहुवर्षिय योजना अन्तर्गत यसबर्ष.२ करोड बजेट सरकारले विनियोजन गरेको थियो । सोहि अनुरुप आज टेन्डर आह्वान भएको हो । दोहोरो सवारीसाधन संञ्चालन हुने २ सयमिटिर लामो पुल निर्माण हुने र तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ योजना अगाडी बढाइएको अध्यक्ष राईले बताउनुभयो ।
टेन्डर आह्वानले पालिकावा सी उत्साहित बनेको उहाँले बताउनुभयो । अध्यक्ष राईले फेसबुक स्टाटस लेख्दै पुलको योजना समावेस र टेन्डरसम्म भुमिका निर्वाह गर्ने सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ । सुनकोसीको पुल आफ्नो चुनावी घोषणाको एक प्रतिबद्धता रहेको उल्लेख गर्दै योजना सम्पन्न गर्नका लागिसमेत सबैको साथ सहयोगको अपेक्षा राख्नुभएको छ । पुल निर्माणको प्रक्रिया अगाडी बढ्दा लिम्चुङबुङवासी मात्र नभई सिँगो उदयपुरवासी र खोटाङबासी उत्साहित बनेका छन् ।
उक्त ठाउँमा पुल निर्माण हुदा पूर्वको प्रख्यात धार्मिक स्थल हलेसी पुग्न तराईबाट उदयपुरको गाईघाट हुदै सबै भन्दा छोटो सडक हुने लिम्चुङबुङ गाउँपालिकाको लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो । गाईघाटदेखि हलेसीसम्म करिब ८६ किलोमिटर सडक दुरी रहेकोमा पुलको कारण मात्र सवारी आवतजावत हुन सकेको छैन।
उदयपुर र खोटाङ दुवैतर्फ पुल निर्माण स्थलसम्म कच्चि सडक निर्माण भएको छ । सवारीसाधन पुल पारी र वारीसम्म चलिरहेका छन् । लिम्चुङबुङ पुगिसकेपछि हलेसी पुग्न १० किलोमिटर मात्र दुरी रहेको छ । पुल बनेपछि लिम्चुङबुङबाट करिब आधा घण्टामै हलेसी पुग्न सकिने राईले बताउनुभयो ।
उक्त पुल दुुई जिल्लाको आर्थिक, धार्मिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक विकाससँगसमेत जोडिने संघिय साम्सद सुरेशकुमार राईले बताउनुभयो । पूर्वको एक धार्मिक तथा पर्यटकिय महत्वको सडक जोड्ने पुल भएकोले यथासक्य चाँडो सम्नपन्न गराउन लागी पर्नेे बताउनुभयाे ।
हलेसी जाने हजारौँ भक्तजनलाई यातायातमा सहज र सुविधा हुने मात्र नभई ओखलढुङगा– सोलु सगरमाथा ट्रेकिङ तथा पर्यटन पर्वद्धन हुनेछ । साथै माथिल्लो सगरमाथाबाट प्रादेशिक राजधानी बिराटनगर आवतजावत सहजहुने छ ।

