
पूणर्पुष्टि, साउन, ७
सरकारले कोरोना संक्रमण नियन्त्रणमा नाआइनै लकडाउन खुलाइसकेको अवस्था छ । करिब ४ महिनाको लामो लकडाउनमा उकुसमुकुस भएका नागरिकहरु पनि लकडाउन खुलेको घोषणा पछि खुलाम्य बजारमा हिडडुल गर्न थालेको अवस्था छ । यो अवस्थाले कोरोना पुरै टरेको बिर्साउँछ । तर पनि यो कुनै पनि वेला वयावह भई संक्रमणले धन जनमा क्षेती पुराउन सक्ने डाक्टरहरुको भनाई छ ।
यस्ता थुप्रै देशहरु छन् जाहाँ लकडाउन खुलिसकेपछि र कोरोनालाई वास्ता नगर्दाको उदाहरणीय क्षतीहरु विश्वका शक्तिशाली देश अमेरीका, इटाली, स्पेन जस्ता ठाउँहरुमा वेवस्ताकै कारण कोरोनाको सिकार हजारौ मानिसहरु भए ।
छिमेकी देश भारतमै पनि कोरोनाले ठुलो जनको क्षेती गरेको छ । भारतमा लकडाउन खुलाएपछि यसरी संक्रमणले गति लिइएको थियो । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो ।
अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड-१९ संक्रमणको त्रास बिर्साइदिएको छ ।
कोरोना संक्रमणको जोखिम टरेको छैन । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण दक्षिणी छिमेकी देश भारत हो । त्यहाँ करिब १२ लाख मानिस संक्रमित र २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
जनस्वास्थ्य विज्ञ तथा डाक्टरहरुका अनुसार यो अझै पनि ढुक्क भएर बस्नु पर्ने अवस्था नरहेको बताएका छन् । सरुवा रोग बिशेषज्ञ शेर बहादुर पुनले नेपालमा कोरोना नियन्त्रण भएर लकडाउन पूणर् रुपमा खुली नसकेको हामि ढुक्क भइहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । संक्रमण हुँदाहुँदै लकडाउन केही खुकुलो भएको हो । यति बुझेपछि हामी आफैं सचेत हुनसक्छौं उहाँले भन्नुभयो ।
डाक्टर पुनले बरु पहिले भन्दा अझ सचेत हुनु पर्ने अवस्था आएको बताउनभयो । हामी बस्ने घर, हामी जाने बजार, हामीले काम गर्ने अफिस या हामी चढ्ने सार्वजानिक यातायात जताततै संक्रमण हुनसक्छ । त्यसैले पहिलाभन्दा सचेत हुनुपर्छ ।
जनस्वास्थ्य विज्ञ, डाक्टर सरद वन्तले मानिसहरु सबै भ्रममा रहेको बताउनुभयो । पहिले भन्दा बढी अहिले सुरक्षित हुनुपर्नेमा कोरोनालाईनै बिर्सेर मान्छेहरु छरपस्ट भईसकेको उहाँले बताउनुभयो ।
लकडाउन पूणर् रुपमा खुलाउन धेरै चरणहरु पार गर्नुपर्छ । यो लकडाउन पूणर् रुपमा खुल्नुअघिको चरण मात्रै हो । अझै पनि सरकारले निषेधित ठाउँ तोकेको छ । भिडभाड हुने ठाउँलाई बन्देज लगाएको छ । संक्रमण सर्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएकै छ । यति हुँदाहुँदै पनि मानिसहरु लकडाउन खुलेको भनेर भ्रममा छन् । र, महामारीमा यस्तो भ्रम खतरनाक हुन्छ ।
यो पनि सत्य हो कि, सधैं लकडाउन सम्भव हुन्न । कोरोना संक्रमणको समाधान लकडाउन मात्र पनि होइन । लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो । त्यसैले अहिले सरकारले लकडाउन किन खुकुलो बनायो भन्ने विषयमा बहस गर्नुभन्दा यति लामो लकडाउनमा सरकारले के गर्यो ? र, अब ढुक्क हुँदा हुन्छ ? भनेर बहस छलफल गर्नु जरुरी हुन्छ ।
संक्रामक रोग विषशज्ञ डाक्टर अनुप सुवेदीले सावधानी नअपनाए धनजनमा ठुलो क्षेती हुने संकेत गर्नुभएको छ । लकडाउन गरिरहनुपर्छ भन्ने पक्षमा हामी कहिले पनि थिएनौं । तर अहिले जसरी लकडाउन खुकुलो बनाइयो, यो जनस्वास्थ्यको हिसाबबाट वैज्ञानिक निणर्य होइन सुवेदीले भन्नुभयो ।
लकडाउन खुकुलो गर्नुअघि समाजमा संक्रमण कुन स्तरमा छ भनेर थाहा पाउनुपर्छ । त्यसको लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्छ । यो काम सरकारले दुई महिना पहिले गर्नुपर्थ्यो, गरेन । अहिले अन्धाधुन्ध लकडाउन खुकुलो बनाइयो । अब सर्वसाधारण आफैं सचेत भएनौं भने यो निणर्य महंगो पर्नसक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्ला भर्चुअल प्रेस मिटहरु हेर्दा नेपालमा संक्रमण दर कम भएको, कोरोना नियन्त्रणतर्फ गएको भन्ने सुनिन्छ । सरकारी विज्ञहरु ‘अब ढुक्क हुँदा हुन्छ’ भनेझैं गर्छन् । डाक्टरहरुले सरकारको भ्रममा नपरी कोरोनाबाट आफै सुरक्षित हुने र त्यसको बच्ने उपायहरु यतिवे भने झनै अपनाउनु पर्ने सामाजिक दुरी, माक्स, भिँडभाँड जस्ता क्रियाकलापहरुमा अब धेरै ख्याल गर्नु पर्ने बताएका छन् ।
