
कात्तिक ६ गते ।
सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको सञ्चालक र कर्मचारी बुझाउन निर्देशन जारी गरेको छ । विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यस अवधि भित्र मागेको विवरण नबुझाए कारोबार बन्द गर्ने चेतावनी विभागले दिएको छ । म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए ।
नियमन गर्न सजिलो बनाउनका लागि धरौटी बढाएर म्यानपावरको संख्या विभागले झण्डै आधामा घटाएको छ । ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको विभिगले जनाएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
