
पूर्णपुष्टि, बैशाख १४
नेपाल सरकारले हवाई उडानलाई तत्काल नरोक्ने निर्णय गरेको छ । कोरोनाको बढ्दो संक्रमणका कारण नेपालले सतर्कता अपनाउँदै मुलकुको बिभिन्न ९ जिल्लाहरुमा निषेधज्ञा जारी गर्ने तयारी गरिसकेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ । विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ ।
कोरोना रोकथामका विषयमा केन्द्रित बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि वैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनारए सञ्चालन गर्न पाउने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए ।
यस्तै बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिने निर्णयसमेत गरेको छ ।
