
पूर्णपुष्टि, पोष २१
सरस्वती सामुदायीक वन उपभोक्ता समूहले आफ्नो १ सय ५० उपभोक्ता परिवारलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेको छ ।
समूहको बार्षिक कार्ययोजनाको गरिवी निवारण न्युनिकरण अन्गरगत त्रियुगा नगरपालिका वडा नं १६ र १५ मा रहेको उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर वितरण गरेको हो ।
समूहले २ ओटा वडामा रहेको उपभोक्ताहरु बेल्दोभान, जाँते, डिहिटार, आम्वोके, सिद्रे, गहते र साल्थुम्कीका १ सय ५० परिवारलाई ग्याँस वितरण गरेको समूहका सचिव कोपिला राउतले बताईन् ।
राउतका अनुसार उपभोक्ताहरुलाई गाउँगाउँमै ग्याँस सिलिण्डर वितरण गरिएको छ । वितरणको कार्यक्रम सोमवार र मंगलबार गरी २ दिन राखिएको छ । पहिलो दिन बेल्दोवानमा ७० ओटा वितरण गरिएको थियो भने मंगलबार डिहिटार, सिद्रे आम्वोके गहते र साल्थुम्की गरी ८० ओटा वितरण गरिएको छ । कोहि छुटेमा फेरि वितरण गरिने समूहले जनाएको छ ।
ग्याँस वितरण कार्यक्रमको उद्घाटन डिभिजन वन कार्यालय उयदपुरका सहायक वन अधिकृत जागेश्वर साह र सव डिभिजन कार्यालय खाँवुका सहायक वन अधिकृत दिलिप कुमार चौधरीले एकमुष्ट रुपमा उपभोक्ताहरुलाई वितरण गर्दै सुरु गर्नुभयो ।
ग्याँस वितरण कार्यक्रममा बोल्दै सहायक वन अधिकृत जागेश्वर साहाले ग्याँस वितरण सामान्य कार्यक्रम देखिपनि यसको सकरात्मक असरहरु व्यापक रहेको बताउनुभयो । यस कार्यक्रममले गाउँवस्तीका बासिन्दाहरुलाई बिपन्नता बाट सम्पन्नता तर्फ उन्मुख गर्ने उहाँको भनाई छ ।
ग्याँसबाट खाना पकाउँदा पहिलो कुरा वातावरण प्रदुषण अन्त्य हुनुका साथै बनजंगलको क्षती नहुने र बनजंगलबाट थप आर्थिक स्रोतमा सहयोग पुग्ने साहाले बताउनभुयो ।
साहाले सबैको घरघरमा ग्याँस वितरण भईरहँदा छिटो छरितो सरल र समयको बचतले गाउँवस्ती बिपन्नता बाट सम्पन्नता तर्फ उन्मुख हुने बताउनुभयो । दाउरा काट्न लाग्ने धेरै समयको पूर्ण वचत र त्यो समयमा घरका परिवारले अन्य आर्थिक आम्दानीको पाटोलाई रोज्दा आर्थिक स्थरमा सहज हुनाले यो निकै लाभदायी रहेको समेत साहाले बताउनुभयो ।
उहाँले खाना पकाउँदा महिलाहरुमा पर्ने बिभिन्न धुवाँको असर पनि नरहने हुदा स्वास्थ्यमा समेत यसले सकरात्मक भुमिका खेल्ने बताउनभुयो ।
यस्तै खाँवुका सहायक वन अधिकृत दिलिप कुमार चौधरीले आउँदो समयमा पनि यस्तै प्रभावकारी कामको अपेक्षा गर्नु भएको छ । गाउँघरमै ग्याँस सिलिण्डरको व्यवस्थाले गाउँ पनि विपन्न बाट सम्पन्नता तर्फ विस्तारै उन्मुख भएको उहाँको अनुभव छ ।
समूहका अध्यक्ष तोप वहादुर समाल मगरले पहिले सामान्य रुपमा समूहले सुविधाहरु उपभोक्ताहरुलाई प्रदान गरेको भएपनि यो बर्ष भने प्रभावकारी सुविधा दिन सफल भएको बताउनुभयो । बिगतको गरिवी न्युनिकरण कार्यक्रम अन्तरगत बार्षिक कार्यक्रम सुचि अनुसार सामान्यतया एउटा बाख्राको पाठा दिएर गरिवि न्युनिकरणको अन्त्य गर्ने प्रयास गरिएको भएपनि यो बर्ष भने बृहत रुपमा ग्याँस चुल्हो र सिलिण्डर प्रदान गरी उपभोक्ताहरुलाई गरिवी बाट अन्त्य गर्ने तर्फ समूह लागी परेको बताउनुभयो । ग्याँस सिलिण्डर पाएपछि उपभोक्ताहरु पनि हर्षित भएको छ ।
