Friday, June 26News That Matters

सरिता गिरीको सांसद पद निलम्वन हुने

पूर्णपुष्टि, असार १ गते ।

सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीले ह्विप जारी गरेपनि ह्विप उल्लंघन गरेकोले हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए ।

पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको थियो । पार्टीले फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । पार्टीको ह्वीप नमानेकाले स्वतः कारवाहीमा पर्ने भएको हो ।

गरीलाई बोलाएर नि पार्टीको निर्णय मान्न सम्झाए पनि पार्टीको निर्देशन नमानेकाले कारबाही गर्ने जनाईएको छ ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने जनाईएको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो । त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।