Thursday, June 18News That Matters

सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १६ । सिन्धुलीमा सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–१ कुर्थौली बस्ने गंगा पहाडीका छोरा १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आमासँग सुतिरहेको अवस्थामा बालकलाई सर्पले बिहान टोकेको थियो । सर्पको टोकाईबाट छोरा छटपट्याउन थालेपछि गंगा बिहान ३ बजे व्युँझिएर छोराहरुलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगेकी थिईन् । बालकको उक्त स्वास्थ्य केन्द्रमा उपचार हुन सम्भव नभएपछि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । बिहान ८ बजे चिकित्सकले दुबै बालकलाई मृत घोषण गरेको र ग्रिसको बायाँ हातको साहिँली औंला, ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले टोकेको निडाम रहेको प्रहरीले जनाएको छ ।