Thursday, May 28News That Matters

सर्लाहीको क्वरेन्टीनमा बसेका ५२ जनाको रिपोर्ट ’नेगेटिभ’

पूर्णपुष्टि, बैशाख ३ गते । 

सर्लाहीका विभिन्न क्वरेन्टीनमा  बसेका ५२ जनाको कोरोना  ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । हरिपुर नगरपलिकाको फरहथवाको क्वरेन्टीनमा बसेका २ जना र चन्द्रनगर गाउँपालिकाको क्वरेन्टीनमा बसेका ५० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

क्वरेन्टीनमा बसेका उनीहरु ५२ जनाको  सोमबार र मंगलबार्र यापिड टेस्ट गरिएको थियोे । क्वरेन्टीनमा बसेका बाँकी ३८ जनाको पनि क्रमशः परीक्षण गर्दै जाने प्रशासनले जनाएको छ । विदेशबाट आएका र कोरोना संक्रमणको शंका लागेकालाई राख्न जिल्लाका २० वटा पालिकाले ३७ ठाउँमा ३८३ बेड क्षमताको क्वरेन्टीन बनाएका छ ।

क्वरेन्टीनमा अहिले भारत र अन्य देशबाट फर्किएका ९१ जना नागरिक बसिरहेका छन् ।