Saturday, June 27News That Matters

सलह किरा किन्ने कृषिबिज्ञ मदन राईको घोषणा

 पूणर्पुष्टि, असार १४

कृषि विज्ञ मदन राईले सलह किरा किन्ने जानकारी दिएका छन् । नेपालमा पनि सलह भित्रि सकेको हुदा बिभिन्न जिल्लामा पुगेर यसले क्षती पुराउन थालेको छ । खोटाङमा पनि यो देखि सकिएको छ । राईले सलह किरा नियन्त्रणको नाममा घुष खाने र वातावरण विषालु नबनाउन अनुरोध गर्दै प्रति केजी सय रुपयाँको दरले सलह किरा किन्ने राइले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन् ।

सलह नियन्त्रणका लागि कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले प्रति केजी सलह संकलन बापत २० रुपयाँ दिने घोषणा गरे पनि यता राईले भने प्रति केजी सलह संकलनको सय रुपयाँको दरले दिने घोषणा गरेका छन् । बिभिन्न परिकारमा बिद्यार्थीहरुलाई माछामासुको सट्टामा सलह भुटेर खुवाउने र पशुपंक्षिहरुलाई दानाको रुपमा प्रयोग गर्ने सिद्राको सट्टामा सलह प्रयोग गर्ने राईले बताएका छन् । राईले कसैले सलह समाएर ल्याएमा एक लाख बराबरको हजार किलो सम्म सलह खरिद गर्ने घोषणा गरेका छन् ।