Tuesday, June 2News That Matters

सलह कीरा पश्चिम सर्ने अनुमान

पूर्णपुष्टि, असार १५

भारतबाट नेपालमा प्रवेश गरेको सलह किरा पश्चिम तिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।

सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने भएकाले आज हावा पश्चिमतिर सर्ने भएकाले सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि पूर्वबाट हावाको बहाब पश्चिमतिर बढी हुनेछ । आजको दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने भएकाले सलह कीरा पनि त्यही अनुसार पश्चिमतिर बढी हुने सम्भावना रहेको जनाईएको छ ।

यो किरा हावाको दिशा पछ्याएर १ सय देखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । भोलि पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने अनुमान गरिएको छ ।

नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले सलह कीराको प्रभाव कम हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।  पानीले भिजेपछि सलह कीराको जिउ गह्रुँगो भएर उड्न नसक्ने भएकाले र नेपालमा मनसुन सक्रिय  भइसकेकाले कम प्रभाव पर्ने जनाईएको छ ।

अझै केहि दिन मनसुन सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश १, २, ५ र ७ मा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने देशभर नै सामान्य खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।