Tuesday, April 21News That Matters

सलहले ५ जिल्लामा बढी क्षेती गर्यो

पूर्णपुष्टि, असार २०

भारतबाट गत शनिबार नेपाल प्रवेश गरेको सलह कीराले अहिलेसम्म ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षेती गरेको छ । ५ जिल्लाका ११ सय १८ हेक्टर क्षेत्रफलमा किराले क्षती गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सबैभन्दा धेरै दाङमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सलहले खाएर क्षती गरेको छ ।, त्यस्तै मकवानपुरमा १ सय ५, प्युठानमा २ सय ८३, अर्घाखाँचीमा १ सय र पाल्पामा ५० हेक्टर क्षेत्रफलमा लगाईएका मकै, तरकारी र फलफुल किराले खाएर क्षेती गरेको छ । अर्घाखाँचीमा भने अझै सलह कीरा सक्रिय छ ।

रोल्पा, सिन्धुली, रुपन्देही, कपिलवस्तुमा पनि नोक्सानी गरेको भए पनि कति हेक्टरमा लगाइएको बालीमनालीमा नोक्सानी गर्यो भन्ने केन्द्रले खुलाएको छैन ।

सलह कीरा अहिलेसम्म ५२ जिल्लामा छरिएको भए पनि ससाना भुण्डहरु भएकाले धेरै नोक्सानी हुन नपाएको केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा फैलिएका सलह कीराको झुण्ड कतै केही हजार र कतै केही लाखको संख्यामा रहेकाले धेरै क्षति हुन नपाएको केन्द्रले जनाएको छ । भारतबाट ५ वटा झुण्डमा आएका सलह नेपालका विभिन्न ठाउँमा फैलिएका छन् ।

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले भारतबाट अर्को सलहको झुण्ड नेपाल आउने सम्भावना टरेको बताउनुभएको छ । भारतको इटहवामा रहेको सलहको झुण्ड दक्षिणतर्फ मोडिएर मध्य प्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना टरेको बताएका छन् ।

मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन आएमा मात्र नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने अनुमान गरिएको छ ।