Sunday, August 9News That Matters

सवारी दर्घटनामा एक जनाको ज्यान गयो

पूर्णपुष्टि,चैत २५

मोरङमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटनामा भएको थियो । दुर्घटनामा सुन्दरहरैचा–१२ का ३५ बर्षीय महेन्द्र थापाको ज्यान गएको हो ।

मंगलबार दिउसो १ बजे पश्चिम तर्फ जादै गरेको ना ४ ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३ प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक थापा गम्भिर घाईते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा–७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।