Tuesday, June 9News That Matters

सवारी दुर्घटना २ जनाको मृत्यु

पूर्णपुष्टि,पुष २४

बिहिवार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह–चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दुर्घटनामा मिक्लाजुङ गाँउपालिका–४ पाँचथरका ३५ बर्षीय किरण राईको मृत्यु भएको हो ।

बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनमा ट्रकका सह–चालक घाईते भएका थिए । घाईतते राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका  स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको  मृत्यु भएको छ । बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा  उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।