Monday, April 20News That Matters

सवारी दुर्घटनामा चालकको मृत्यु

मोरङ, माघ २८ गते ।
मोरङको बुढिगंगामा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बुढिगंगा–५ को भित्रि सडकमा दुर्घटनामा सुनसरी दुहबी–८ निबासी २७ बर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल हिजो राती ११ बजे अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुदा चौधरीले मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएको चौधरीको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा बिहान पउने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।