
पूर्णपुष्टि, चैत ७ ।
सवारी दुर्घटना हुँदा नक्कली चालक खडा गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् । आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् ।
१ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको बताउनुभयो । घटनाबारे उजुरी परेपछि छानविन गरेर त्यसक्रममा कैफियत देखिएपछि कारबाही गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिसीले जानकारी दिनुभयो ।
स्रोतका अनुसार ९ वैशाख २०७८ मा झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।
