Thursday, June 11News That Matters

सवारी दुर्घटनामा परी ३ को मृत्यु, एक घाईते

पूर्णपुष्टि, फागुन ३० । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्मा, सर्लाही मलङग्वा–७ का २८ बर्षीय रबिन्द्र महरा र धरान–१५ कि २४ बर्षीया जेनिशा राई रहेका छन् ।

हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाबाट चालक संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका–८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले पैदल यात्री पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका महरालाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईटहरी उप–महानगरपालिका–२० कोशी लोकमार्ग स्थितमा ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक निशान राई र पछाडी सवार जेनिशा राई घाइृते भएका थिए । घाईतेलाई उपचारको लागी लगिएकोमा जेनिशाको मृत्यु भएको र निशानको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सबै घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।