Tuesday, June 9News That Matters

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पूर्णपुष्टि, पुष २६

१ नम्बर प्रदेशको तीन छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापा र मोरङ जिल्लाको तीन स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै दुर्घटना हुँदा झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको मृत्यु भएको हो ।

शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक घाईते भएका थिए । घाईते मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ  ।

यसैगरी झापाकै शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका–११ का ३७ बर्षीय छबिरमन ढकालको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक ढकालको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका–८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिंदा उनी गम्भिर घाईते भएकी थिईन ।

घाईते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीलाईले जनाएको छ ।