
पूर्णपुष्टि, साउन ४
प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर गराती करिब १२ः५५ वजे दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृत्यु हुने सबै रोल्पाका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलि नसकेको प्रहरीले जनाएको छ । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एक जना भने बाच्न सफल भएको छ ।
अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
