Wednesday, June 24News That Matters

सवारी लाईसेन्सको आवेदन खुल्यो, नयाँ प्रणालीमा परिक्षा दिन पाईने

पूर्णपुष्टि, कार्तिक ९
लामो समयपछि सवारी चालक अनुमति पत्र लाईसेन्सको आवेदन खुलाएको छ । कोरोना माहामारीका कारण ठप्प सवारी लाईसेन्स सोमवार राती बाट खुलाईएको यातायात यातायात व्यवस्था बिभागले जनाएको छ । सवारी लाईसेन्स आवेदन खुले सँगै अब दिईने ट्रायल नयाँ प्रणाली बाट गराईने बिभागको प्रवक्ता डा. लोकनाथ भुसाल जानकारी दिए । भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।

नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।