Tuesday, June 9News That Matters

सशस्त्र प्रहरी उपरिक्षक गाहरधन राईलाई विदाइ तथा सम्मान

पूर्णपुष्टि, साउन १५ ।

सशस्त्र प्रहरी वल नेपाल, नं. ५ गुल्म, त्रियुगा (उदयपुर)बाट सरुवा हुनु भएका सशस्त्र प्रहरी उपरिक्षक गाहरधन राईलाई किराँत राई यायोक्खा, त्रियुगा नगर प्रारम्भिक कमिटिले आज विदाइ तथा सम्मान गरेको छ ।

उदयपुरमा सफलतापूर्वक कार्यकाल पुरा गरी काठमाडौं सरुवा हुनु भएका उहाँलाई आज सम्मान गर्दै विदाइ गरेको हो ।

एकवर्ष कार्यकाल पुरा गर्नु भएको उहाँलाई यायोक्खाको तर्फबाट त्रियुगा नगर अध्यक्ष दिपक किराँती र उदयपुर इन्चार्ज विमल किराँतीले सम्मान पत्र र खादा ओढाई सम्मान तथा विदाइ गरेको हो ।

त्यसैगरी पूर्णपुष्टि मिडियाले पनि उहाँलाई कदर पत्रसहित विदाइ गरेको छ । मिडियाको तर्फबाट पूर्णपुष्टिका प्रमुख सञ्चालक भोटराज राई र संरक्षक किसन राईले कदरपत्र र खादा ओढाई सम्मान तथा विदाइ गरेको हो ।

एसियल लाईफ इन्स्योरेन्स शाखा गाईघाटको तर्फबाट शाखा प्रमुख बालकुमार राईले मायाको चिनोसहित विदाइ सम्मान गर्नुभयो ।

ब्याड्मिन्टन खेलाडी तथा समाजसेवी दिपक राईले मायाको चिनो प्रदान गर्दै खादा ओढाएर सम्मान तथा विदाइ गर्नुभयो । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका पूर्व प्रथम अध्यक्ष भरत चामलिङ, युवा समाजसेवी नविन राईले पनि उहाँलाई विदाइ सम्मान गर्नुभयो ।

तस्विरहरू :