Tuesday, May 5News That Matters

सशस्त्र प्रहरी जवान नै तस्कर

साउन २५ गते ।

बाघको छाला सहित दार्चुलामा एक जना सशस्त्र प्रहरी जवान पक्राउ परेको छ । दुहुँ गाउँपालिका–२ हिकिलाबाट खलङ्गा ल्याउदै गरेको छालासहित जवान दिपक सिंहलाई शुक्रबार राती पक्राउ गरेको हो ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखिएको अवस्थामा ३९ इञ्च लाम्बाई र १० इञ्च चौडाई भएको  छाला बरामद गरेको प्रहरीले जनाएको छ ।

सिंह सशस्त्र प्रहरी सुरक्षा गुल्म न. ५० को जवान पदमा कार्यरत छन् । पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।