
पूर्णपुष्टि, असोज १५ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे.क्या. त्रियुगा उदयपुरको मोवाइल गस्तीटोलीले दुइदिनअघि ठूलो मात्रामा बनस्पती तथा जडिबुटी बरामद गरेको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीको भित्री सडकखण्डस्थित खानीटोलमा बोलेरो र ट्याक्टरमा ल्याउदै गरेको बनस्पती तथा जडिबुटी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बा १३ च ५६४९ नम्बरको बोलेरो र स १ त ४५१८ नं. को ट्याक्टरलाई चेकजाँच र्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो । चेकजाँचको क्रममा आवश्यक पर्ने कागजात नरहेको पाइएको छ । दर पिट नखुआएको फेला परेपछि सामान, सवारी साधन र चालकहरु नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सव वन डिभिजन कार्यालय भुट्टारमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बनस्पती तथा जडिबुटीहरुमा धसिंगरेको तेल ३ सय ५४ केजी बरामद भएको छ । बोलेरोबाट बरामद भएको धसिंगरेको तेलको मूल्य अन्दाजी १ लाख ६२ हजार रहेको छ । २० हजार बराबरको ८० केजी तेलपत्ताको बोक्रा, ६ केजी चिराइतो बरामद भएका छन् ।
सामानसंगै बोलेरो चालक ताप्ली गाउँपालिका १ का ३० वर्षिय निरराम मगर र रौतामाई गाउँपालिका ७ का २५ वर्षिय ट्याक्टर चालक बमबहादुर तामाङ पक्राउ गरेका छन् ।
उक्त समामानमा छुटपूर्जी भएपनि दरपिट नरहेको पाइएकोले कारवाही चल्ने डिभिजन वन कार्यालय कटारीका प्रमुख उपेन्द्र कटेलले बताउनुभयो ।
