[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
पूर्णपुष्टि, जेठ २१ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुर मातहतकाे सुरक्षा बेश रामपुरकाे एरिया गस्तिटाेलीले हिजाे थप ३०० केजी गाँजा बरामद गरेकाे छ ।
बेलका नगरपालिका वडा नं ८ सिसौलीघाटस्थित जङ्गलमा ७ बाेरामा प्याक गरि लुकाई राखिएकाे अबस्थामा गस्तिटाेलीले राती बरामद गरेकाे हाे । विशेष सुचनाकाे आधारमा सिसाैली जंगलभित्र लुकाईरहेकाे अबस्थामा फेेला पारेकाे सशस्त्र प्रहरी टाेलीले हिजाे विहान साेही जङ्गलमा २८० केजी बरामद गरेकाे थियाे ।
विहान र बेलुका गरि दुई पटक बरामद गरेकाे हाे । विहान २८० केजी र बेलुका ३०० केजी गरि जम्मा ५८० केजी बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगाका प्रमुख एसपी सराेज सिङ बस्नेतले बताउनुभयाे ।
गाँजा प्रहरीलाई जिम्मा लगाइएकाे जनाईएकाे छ । उक्त गाँजा ट्युवमा राखेर सप्तकाेशीमा राती पहाडि भेगबाट ओसारेर साे जङ्गलमा लुकाएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।