Monday, June 1News That Matters

सांसद तथा पूर्वमन्त्री विष्टद्वारा दशैँ भत्ता फिर्ता

पूर्णपुष्टि, कात्तिक ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । उहाँले आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो ।
संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै उहाँले अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको बताउनुभएको छ । साथै उहाँले लाखौँ श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको, चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको पत्रमा उल्लेख गर्नुभएको छ ।

कोरोना र अन्य रोगका बिरामीले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्थामा अनावश्यक खर्च र कतिपय सुविधासमेत कटौती गरेर नागरिकको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको उहाँले पक्रमा लेख्नु भएको छ । यस्तो अवस्थामा दशैँ भत्ताका नाममा दिएको सुविधाबापतको रकम उपचार र राहतमा सहयोग होस् ।