
पूर्णपुष्टि, फागुन २० गते ।
उदयपुरमा पनि बन्दको प्रभाव देखिएको छ । थारुहट, थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको दुइदिने बन्दको पहिलो दिन उदयपुरमा पनि प्रभाव देखिएको हो ।
विहानै केही बन्दकर्ताले बजारमा बन्दको प्रयास गर्दै सवारी साधन रोकेपछि लामो दुरीका सवारी साधन चलेका छैनन् । सदरमुकाम गाईघाटमा बजार, पसल पूर्णरुपले खुल्न सकेको छैन । छाटो दुरीका सवारी साधनहरु भने सञ्चालनमा रहेका छन् । विद्यालय, शैक्षिक संस्था, उद्योग, कलकारखाना सञ्चालनमा अवरोध देखिएको छैन । सदरमुकाम बाहेकका जिल्लाको पूर्वी क्षेत्र बेल्टार, बसाहा, रामपुर र पश्चिमी क्षेत्र कटारी, मुर्कची, नेपालटारबजारमा भने बन्दकर्ताको उपस्थिति नदेखिएकाले प्रभाव नदेखिएको प्रहरीले जनाएको छ ।
प्रशासनले बन्दकर्तामाथि कडा निगरानी राखेको छ । बन्दको बेला अप्रीय घटना हुन नदिन सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । बजार, चौक र सडकक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका
दाङमा
उता दाङ लगायतका जिल्लामा सांसद रेशम चौधरी लगायत ११ जना बन्दीहरुको विनासर्त रिहाईको माग गर्दै विहानैदेखि बजार, पसल, कलकारखाना, विद्यालय, सवारी साधनहरु ठप्प पारिएका छन् । बन्दकर्ताहरु बजार, सडकमा उत्रिएर विहानैदेखि बन्द गराउदै हिडेपछि जनजीवन प्रभावित भएको छ । सांसद चौधरी लगायतको रिहाईका लागि सरकारलाई दवाव दिन आव्हान गरिएको बन्दले खासगरी तराईका जिल्लाहरु प्रभावित बनेका छन् । आज र भोली दुईदिन मोर्चाले नवलपरासीदेखि कञ्चनपुरसम्को आमहड्तालको आव्हान गरेको छ । माघ महिनाभित्र सांसद थारुको रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी मोर्चाका संयोजक लक्षमण थारुले यसअघि दाङको एक कार्यक्रममा उद्घोष गरेका थिए ।
बाँके र बर्दीया जिल्लालाई ६ नं. प्रदेशमा गाभेर थारु एकता टुटाउने षड्यन्त्र भईरहेको भन्दै ५ नं. प्रदेशको सदरकुकाम दाङमा हुनुपर्ने मागसमेत मोर्चाले राखेको छ ।
तस्बिरमा बन्दका दिन गाइघाट

