Thursday, July 2News That Matters

सांसद विकास कोष खारेज गर्न शर्माको माग

पूर्णपुष्टि, जेठ २ गते । 

सांसद विकास कोष खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले माग गरेको छ । सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न प्रभाकरले माग गरेको हो ।

यस कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गरेको छ ।

राष्ट्रको समग्र विकासको मूल रणनीति भित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन भन्दै शर्माले ट्वीट समेत गरेको छ ।